बलिउड गायिका नेहा कक्करले ठमेल तताउने

सोमबार, जेठ ६, २०७६, ०९ : ००कलाकारिता

काठमाडौं – बलिउडकी चर्चित गायिका नेहा कक्करले पहिलोपटक नेपालमा लाइभ शो गर्ने भएकी छिन् । उनले काठमाडौंको ठमेलस्थित लर्ड अफ द ड्रिङ्क्समा लाइभ कन्सर्ट गर्न लागेकी हुन् ।

नेहाका नेपालमा पनि उत्तिकै फ्यान छन् । काठमाडौंमा यो कार्यक्रम जेठ २५ गते हुनेछ । कार्यक्रमस्थलमा २५ सय दर्शक अट्ने आयोजकले बताएको छ । कार्यक्रमलाई प्यारामाउन्ट इन्टरटेनमेन्टले आयोजना गरेको हो । आयोजकका अनुसार यो कार्यक्रम शनिवार राति ८ बजेदेखि शुरु हुनेछ ।

नेहासँगै १८ जना संगीतकमीले प्रस्तुति दिनेछन् । आयोजकले टिकट बूकिङ भइसकेको जानकारी दिएको छ । यसअघि आयोजकले भारतीय गायक कुमार सानुलाई नेपाल ल्याएको थियो । उनले नेपाली गीतमा समेत स्वर दिएका छन् ।

यसमा तपाईंको विचार

नोट : तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन र गोप्य राखिनेछ ।