सपना श्री को “ जिन्दगीको परिभाषा ” सार्बजनिक (भिडियो सहित)

बिहीबार, वैशाख १२, २०७६, ०३ : १७कलाकारिता

काठमान्डाैं-  सुगम संगीतमा निकै रुचाइएकी गायिका हुन सपना श्री । जिवनको आरोह अवरोह हरुलाई समेटेर उनको आवाजमा निकै मर्मस्पर्शी गीत “ जिन्दगीको परिभाषा ”को भिडियो सार्वजनिक भएको छ ।

राजु लामाको शब्द तथा संगीत गीतमा रहेको छ । जिन्दगीको परिभाषा बुझन निकै कठीन हुने कुरालाई गीतमा निकै शिलशिलवद्ध रुपमा समेटिएको छ । मनभित्र जस्तो सुकै पिडा भएपनी हाँसेर बोल्नुपर्ने बाध्यतालाई गीतमा समेटिएको छ ।

धिरज खत्रीको छायाँकन , प्रेम शर्मा पौडेलको सम्पादन तथा शंकर अधिकारी घायलको निर्देशनमा भिडियो निमार्ण गरिएको छ । “ जिन्दगीको परिभाषा गीतको भिडियोमा प्रतिक्षा , अजय,पवन, तुलसा र बालकलाकार खुश्वुको अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो :-

यसमा तपाईंको विचार

नोट : तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन र गोप्य राखिनेछ ।