स्वस्तिमाको ‘हजार जुनीसम्म’ को गीत सार्वजनिक

मंगलबार, वैशाख १०, २०७६, ०४ : २७कलाकारिता

काठमाडौं- निर्देशक बिकासराज आचार्यको निर्देशनमा तयार फिल्म ‘हजार जुनीसम्म’ को पहिलो गीत सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमको आया‘जन गर्दै ‘एमजी रोडैमा’ बोलको गीत सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतमा राजनराज सिवाकोटी र मेलिना राईको स्वर छ भने यसमा शब्द र संगीत पनि राजनकै रहेको छ । पुरुषोत्तम प्रधानको छायाँकन तथा कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा अभिनेत्री स्वस्तिमा खड्का, अभिनेता सलोन बस्नेत र डेब्यू ब्वाई अखिलेस प्रधान फिचर्ड छन् ।

गीतको बोलझैँ सिक्किमको एमजी रोडमै गीतको भिडियोको छायांकन गरिएको छ । गीत सर्वाजनिक गर्दै फिल्म आउँदो साउन ३० मा रिलिज हुने निर्देशक आचार्यले प्रस्ट्याए ।

कार्यक्रममा स्वस्तिमा , अखिलेस र सलोनसँगै आर्यन सिग्देल , प्रियंका कार्की , दीपाश्री निरौला , शिवहरी पौडेल , पटकथाकार सामिप्यराज तिमल्सेना लगायत उपस्थित थिए । फिल्ममा संचिता लुइँटेल , अनुभव रेग्मी लगायतको पनि अभिनय रहेको छ ।

फिल्ममा उदयराज सोताङ्ग, राजनराज सिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत, अर्जुन जिसीको सम्पादन छ । कविता रेग्मी फिल्मकी कार्यकारी निर्माता हुन् ।

यसमा तपाईंको विचार

नोट : तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन र गोप्य राखिनेछ ।