भाइरल गीत ‘रेलिमाई’को सिक्वेलम केकी र अर्जुनको रोमान्स (भिडियो)

आइतबार, फागुन ५, २०७५, ०८ : ३१कलाकारिता

काठमाडौं, ५ फागुन – आठ महिना पहिले रिलिज गीत ‘रेलिमाई’ले सांगितिक क्षेत्रमा तहल्का मच्चायो । सामाजिक सञ्जालदेखि लाखौं श्रोता तथा दर्शकको मानसपटलमा बस्न सफल आर्जन पाण्डे र इन्दिरा जोशीले स्वर भरेको यो गीत हालसम्म युट्युवमा ७५ लाख बढि पटक हेरिएको छ । गीतको भिडियोमा आर्जन र ईन्दिरा नै फिचर छन् ।

‘रेलिमाई’को सफलतापछि अब भने गायक तथा मोडल आर्जनले ‘रेलिमाई २’ लिएर आएका छन् । गीतको भिडियो आइतबार रिलिज गरिएको छ । रेलिमाई सिक्वेललाई आर्जनले ‘झिमिक्कै परेली’ शिर्षक दिएका छन् । फिमेल भोकलमा मेलिना राईले साथ दिँदा भिडियोमा भने आर्जनले अभिनेत्री केकी अधिकारीसँग जोडी बाँधेका छन् ।

रोचक कुरा त के छ भने आर्जन र केकी प्रेमी प्रेमिका रहेको दाबी सहित मिडियामा विभिन्न गसिप तथा समाचारहरु आइरहँदा यो पटक दुबै जना एकसाथ भिडियोमा देखिएका छन् । जुनकुराले आर्जन र केकीको सामिप्यतालाई आंकलन गर्नरहरुलाई थप बल पुर्याएको छ ।

विशाल भण्डारीले निर्देशन गरेको भिडियोमा सम्पादन प्रविण श्रेष्ठको छ भने छायाँकन अर्जुन तिवारी एण्ड टिमको छ । गीतमा संगीत भने प्रतिक पौडेलले भरेका छन् । रेसुभिल्ला आसपासमा खिचिएको गीतको भिडियोलाई निर्देशक भण्डारीले फिल्मी शैलीमा आकर्षक बनाएका छन् ।

यसमा तपाईंको विचार

नोट : तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन र गोप्य राखिनेछ ।