सारा सिर्पाली: हिट फिल्म नदिएकी क्युट हिरोइन (फोटो)

बिहीबार, असोज ४, २०७५, ०८ : ५६कलाकारिता

काठमाडौं, ४ असोज – सारा सिर्पालीको डेब्यु अभिनेता निखिल उप्रेतीसँग भयो । निखिल र सारा अभिनित फिल्म ‘रुद्र’ खासै चलेन तर यही फिल्मबाट साराले फिल्म क्षेत्रमा डेब्यु गरिन् ।

उनको डेब्यु फिल्म चलेन । मल्टिप्लेक्सका दर्शकले उनलाई चिन्ने मौका पाएनन् । तर, सिंगल थिएटरमा भने निखिलका दर्शकसँगै सारा पनि चिनिइन् । साराको अभिनयको पनि तारिफ भयो । कतिपयले निखिलको भन्दा साराको अभिनयलाई रुचाएको प्रतिक्रिया समेत दिए । उनलाई निखिलले नै फेरि अर्को फिल्म ‘पिंजडा ब्याक अगेन’ मा अनुबन्ध गरे ।

यसपछि भने सारालाई चिन्ने दर्शक बढे ।

यतिबेला उनको फिल्म ‘सुश्री सम्पत्ति’ रिजिलको तयारीमा छ । उनी यो फिल्ममा सलोन बस्नेत र विनोद न्यौपानेसँग देखिँदैछिन् ।

यो फिल्मबाट उनी युवापुस्तामाझ लोकप्रिय हुनेमा आशावादी पनि छिन् । किनकि निखिलका फ्यान खासगरी सिंगल थिएटरका हुन् । ‘सुश्री सम्पत्ति’ ले चाहिँ मल्टिप्लेक्सका दर्शक पनि तान्ने आशा गरिएको छ । किनकि, यो फिल्मको टिमवर्कको राम्रै चर्चा भइरहेको छ ।

तस्वीरः आर्यन बिमली

यसमा तपाईंको विचार

नोट : तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन र गोप्य राखिनेछ ।