‘नाइँ नभन्नू ल ५’ को चर्चा − Kalakarita
‘नाइँ नभन्नू ल ५’ को चर्चा

बुधबार, भाद्र ६, २०७५, ०९ : ००कलाकारिता

काठमाडौं, ६ भदौ – चलचित्र ‘नाइँ नभन्नु ल ५’ यतिबेला चर्चामा छ । यो चलचित्र आउँदो शुक्रवार अर्थात् भदौ ८ गतेदेखि नेपालभर चर्चामा छ । यसो फिल्मको प्रचार केही कम भएको हो कि भन्ने पनि देखिन्छ । तर, दर्शकले भने फिल्मबाट राम्रै आशा गरेका छन् । चलचित्रको रिलिज मिति कुरिरहेका छन् ।

पारिवारिक ड्रामा यो फिल्ममा एउटा बचपनको प्रेमकथा छ । जुन कथामा स्वस्तिमा खड्का र डेब्यु कलाकार अभिषेक नेपाल छन् ।

चलचित्रको ट्रेलरमा अन्जना अधिकारीले एउटा स्टोरी सुनाउन चाहिन्छिन्, जुन एकदमै फरक होस् ।

ट्रेलरमा भनेजस्तो यो चलचित्र फरक छ कि छैन, यसका लागि भने फिल्म नै हेर्नुपर्ने हुन्छ ।

नयाँ तथा पुराना कलाकारलाई अभिनय गराइएको यो फिल्मले ट्रेलरबाट राम्रो प्रतिक्रिया पाएको छ । तर डेब्यु कलाकारले पनि एक खालको हाइप बनाइसकेका छन् ।

यसअघि ४ भाग निर्देशन गरिसकेका विकास राज आचार्यले फिल्म बिल्कुलै नयाँ कथा भएको बताउँछन् ।

चलचित्रको कथालाई सामीप्यराज तिमिल्सिना र विकास राज आचार्यले लेखेका हुन् । अनुभव रेग्मी र सेड्रिना शर्माका कारण पनि चर्चामा रहेको फिल्मलाई हरिबोल भण्डारी र गौरी राज जोशीले निर्माण गरेका हुन् ।


तपाईंको प्रतिक्रिया