बिहीबार, साउन ३१, २०७५, १० : ००
कलाकारिता


काठमाडौं, ३१ साउन – गायिका सरस्वती दाहालले नेपाली काङ्गेसका नेता विपी कोइरालाको चर्चा गर्दै गीत बजारमा ल्याएकी छिन् ।
काङ्ग्रेसको धरातललाई पनि समेटिएको उक्त गीतमा विपी कोइरालाको चर्चा गरिएको र विश्वकै नेता भनेर चर्चा गरिएको छ ।
यस्तै गतिको भिडियोमा सरस्वती दाहाल नै देखिएकी छिन् । विपी कोइरालाको जन्म फेरि नेपाली जगतमा हुने कामना समेत गरिएको गीतमा स्वरस्वती दाहालको स्वर, शब्द र संगीत रहेको छ ।
यस्तै गीतको भिडियोलाई भीम थापाले निर्देशन गरेका छन् भने हरिश महराले छायांकन र प्रविण रश्मी मगरले सम्पादन गरेका हुन् ।
तपाईंको प्रतिक्रिया