टम क्रुजको ‘मिसन इम्पोसिबल’ छैठौं भागको ट्रेलर सार्वजनिक [भिडियो] − Kalakarita
टम क्रुजको ‘मिसन इम्पोसिबल’ छैठौं भागको ट्रेलर सार्वजनिक [भिडियो]

बुधबार, माघ २४, २०७४, ०८ : ००कलाकारिता

अमेरिका – हलिउडका अभिनेता टम क्रुज अभिनित चलचित्र ‘मिसन इम्पोसिबल’ रुचाउने दर्शक संसारमा करोडौं छन् । उक्त चलचित्रका पाँच भाग रिलिज भइसकेका छन् र ती सबै हिट भइसकेका छन् । जासुस एजेन्टको कथामाथि बनेको चलचित्रको छैठौं भाग को ट्रेलर विश्वव्यापी रुपमा रिलिज गरिएको छ ।

‘मिसन इम्पोसिबल – फलआउट’ शीर्षकको चलचित्रमा टम क्रुज मुख्य भूमिकामा छन् । चलचित्रमा टम क्रुज इथेन हन्टको चरित्रमा छन् भने अन्य चलचित्रमा उनीसँगै देखिने आइएमएफका एजेन्ट पनि यस भागमा छन् ।  चलचित्रलाई पयारामाउन्ट पिक्चर्सले निर्माण गरेको हो ।

चलचित्रको ट्रेलर सस्पेन्स र एक्सन वरिपरि घुमेको छ । चलचित्रका अघिल्ला भागमा पनि डरलाग्दा एक्सन दृश्य र सस्पेन्स भएकाले गर्दा दर्शकले रुचाएका थिए ।

यो चलचित्र जुलाई २७ मा रिलिज हुँदैछ ।

पछिल्लोपल्ट बिहीबार, माघ २५, २०७४ मा अपडेट गरिएको ।


तपाईंको प्रतिक्रिया