मुम्बई – अभिनेत्री परिणीति चोपडा अहिलेकी चर्चित अभिनेत्रीमध्येमै पर्छिन् बलिउडमा । उनले अभिनय गरेका धेरै चलचित्रले बक्स अफिसमा राम्रै व्यापार गरेका छन् । पछि आएका नयाँ नायिकामध्ये उनी पनि चर्चामा आउनेमा एक पर्छिन् ।
लाखौं फ्यान कमाएका परिणीतिको सर्वोत्कृष्ट चलचित्र कुन होला त? उनले चलचित्र ‘केसरी’ लाई सर्वश्रेष्ठ फिल्म भनेकी छिन् । परिणीतिले अभिनय गर्ने यो चलचित्रमा उनले अक्षयकुमारसँग काम गर्न लागेकी छिन् । आफूले लामो समयदेखि निभाउन खोजेको भूमिकाको बारेमा पनि भएको बताएकी छिन् ।
पत्रकारले उनीहरुलाई फिल्ममा कस्तो भूमिका छ भनेर सोधे । ‘यो गोपनीयता छ, तर म एकदमै उत्साहित र सम्मानित महसुस गर्दैछु कि, म पनि केसरीकै एक हिस्सा हुँ ।’
उनले भनेकी छिन्, ‘म वास्तवमा लामो समयदेखि अक्षय सरसँग काम गर्न चाहन्थें, मलाई लाग्छ यो गज्जब फिल्म हो ।’
उनले फिल्म शूटिङका लागि आफू आतुर भएको पनि बताएकी छिन् ।
तपाईंको प्रतिक्रिया