

लस एन्जल्स – अमेरिकी गायक चार्ली पुथले गायिका तथा नायिका सेलेना गोमेजले आफूलाई डेटिङमा हैरान गरेको बताएका छन् । छब्बीस वर्षीय चार्ली पुथले सन् २०१६ मा गोमेजसँग ‘वी डन्ट टक एनिमोर’ मा काम गरेका थिए ।
एक अमेरिकी समाचार साइटका अनुसार पुथले सेलेनासँग डेट गर्न आफूलाई गाह्रो भएको बताए । उनले भने, ‘सेलेनासँग डेट गर्न कठिन किन भयो भने उनको दिमागमा अरु कोही थियो ।’
उनले भनेका छन्, ‘यो मेरो जीवनको एक विशेष पलका बारेमा हो, जब कोही मेरो एकदमै नजिकै थियो, उसैले अरु कसैको ध्यान चाहेको थियो, जब मलाई लाग्यो त हामी सम्बन्धलाई अन्त्य गर्यौं ।’
‘यो अवधि एकदमै छोटो थियो, तर धेरै नै प्रभाव पार्ने खालको थियो, त्यो समयले मलाई अव्यवस्थित समेत बनाएको थियो ।’, चार्ली पुथले एक अन्तर्वार्तामा भनेका छन् ।
पछिल्लोपल्ट बिहीबार, माघ २५, २०७४ मा अपडेट गरिएको ।
तपाईंको प्रतिक्रिया