बुधबार, माघ २४, २०७४, ०८ : ००कलाकारिता
अर्जुन सेन अोली
यो मोरीको मुहार कस्तो जहिले पनि हिउँजस्तो
मात लाग्ने गरि झम्म हरेक पलमा पिऊँजस्तो
मृदुभाषी आवाजसँगै माहुरीको व्यवहार आहा!
देउता बनी टप्प टिपी अनन्तमै लिऊँजस्तो
जिउडालको त के कुरा भो तुलनीय केही छैन
हर अङ्ग चिमोटेर आफै भित्र सिऊँजस्तो
मृगनयनी उनको नजर अर्जुनुको धनुषझैं
धनुषकै तीर बनी जीवन भर जिऊँजस्तो
तपाईंको प्रतिक्रिया