मन्त्री गिरिराजमणि पोखरेलले गरे इस्मालीलाई सम्मान − Kalakarita
मन्त्री गिरिराजमणि पोखरेलले गरे इस्मालीलाई सम्मान

शुक्रबार, असार २२, २०७५, ०७ : ०१कलाकारिता

बर्दिवास, २२ असार – आख्यानकार इस्माली ‘बर्दिवास साहित्यिक साँस्कृतिक सम्मान-२०७५’ बाट सम्मानित भएका छन् ।

महोत्तरीको बर्दिवास नगरपालिका आज शुरु भएको ‘बर्दिवास साहित्यिक तथा साँस्कृतिक उत्सव(२०७५’को उद्घाटन समारोहमा इस्मालीलाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सम्मान गरे ।

बर्दिवास साहित्यिक साँस्कृतिक प्रतिष्ठान र प्रगतिशील लेखक संघ (प्रलेस)महोत्तरीले बर्दिवास नगरपालिकाको सहयोगमा आयोजना गरेको दुईदिने उत्सवमा नेपाली भाषा साहित्यको विकासमा उहाँले पु¥याउनुभएको योगदानको कदर गर्दै उहाँलाई सम्मानित गरिएको हो ।

उनल‌े सात कथा, पाँच बालसाहित्य र दुई उपन्यास कृति प्रकाशित छन् । महोत्तरी जिल्लाकै औरही नगरपालिका-१ का बासिन्दा इस्मालीले आफ्ना कथा र अन्य विधाका रचनामा मधेशको समस्या उजागर गर्नुभएको प्रलेस महोत्तरीका अध्यक्ष विरु बलम्पाकीले जानकारी दिए ।

यसअघि समारोह उद्घाटन गर्दै मन्त्री पोखरेलले भाषा/साहित्यको विकासविना कुनै राष्ट्रले उन्नति गर्न नसकेको दृष्टान्त दिँदै सरकार मुलुकका सबै भाषा, साहित्य र संस्कृतिको विकासमा प्रतिबद्ध रहेको बताए ।

उद्घाटन समारोहमा नेपाली, मैथिली, मगर, तामाङ र भोजपुरीसहितका भाषामा साहित्यकारले आआफ्ना रचना प्रस्तुत गर्नुभयो । शनिबार साँझ सम्पन्न हुने उत्सवको पहिलो दिन आज साँझ बर्दिवास-३ गौरीडाँडास्थित आधारशिलामा ‘काव्यक साँझ’ कार्यक्रम भएको छ ।

त्यसैगरी शनिबार ‘समृद्धि र साहित्य’ विषयमा उज्ज्वल प्रसाइँ र ‘समृद्धि र मधेस’ विषयमा प्राज्ञ रमेशरञ्जन झा र रोशन जनकपुरीले कार्यपत्र प्रस्तुत गर्ने तथा वरिष्ठ साहित्यकारले मन्तव्य हुने बताइएको छ ।


तपाईंको प्रतिक्रिया