![](http://kalakarita.com/wp-content/uploads/2021/12/kalakarita-new-logo-FINAL-150x150.png)
![](https://kalakarita.com/wp-content/uploads/2018/04/prachanda-kanchhi.jpg)
काठमाडौं, १९ चैत – माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही समयअघि प्रदर्शनमा आएको चलचित्र कान्छीको विशेष शो मा फिल्म हेरेका छन् । उनले परिवारसहित चलचित्रको विशेष शो हेरेका हुन् ।
प्रचण्डसँगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बास्कोटा, नयाँ शक्तिकी नेतृ हिसिला यमी लगायतका शीर्ष नेताले कान्छी हेरेका थिए ।
चलचित्र हेरिसकेपछि प्रचण्डले समसामयिक विषयवस्तुमा फिल्म बनेको धारणा व्यक्त गरे । साथै उनले स्वेताले पीडालाई शक्तिमा बदलेकोमा खुशी व्यक्त गरे । त्यस्तै लालबाबु पण्डितले पनि फिल्म रमाइलो बनेको बताए ।
यम थापाको लेखन रहेको फिल्ममा दयाहाङ राई र स्वेता खड्काको जोडी देखाइएको छ । एक गाउँको कथामा निर्माण भएको फिल्मलाई आकाश अधिकारीले निर्देशन गरेका हुन् । फिल्म चेतनामूलक छ ।
फिल्ममा दया र स्वेता बाहेक प्रज्वल सुजल गिरी, अनु शाह, नीर शाह, आशान्त शर्मा, कामेश्वर चौरासिया लगायतका कलाकारले अभिनय गरेका छन् ।
तपाईंको प्रतिक्रिया