बक्स अफिसमा ‘सन्जू’ को शानदार रेकर्ड, कति कमायो? − Kalakarita
बक्स अफिसमा ‘सन्जू’ को शानदार रेकर्ड, कति कमायो?

आइतबार, साउन १३, २०७५, ०९ : ०२कलाकारिता

मुम्बई – रणवीर कपूर स्टारर फिल्म सन्जूले बक्स अफिसमा धमाका मच्चाइरहेको छ । यो फिल्मले अहिलेसम्म ३ सय ३७ करोड भारुको व्यापार गरेको भारतीय मिडियाले लेखेका छन् । जबकि, यो रेकर्ड सलमान खानको ‘टाइगर जिन्दा है’ र आमिर खानको ‘पीके’ को कमाइभन्दा पनि धेरै हो ।

यसका साथै ‘सन्जू’ बलिउडको सबैभन्दा धेरै कमाउने फिल्म दोस्रोमा पर्ने सम्भावना छ । अब यो फिल्म बिस्तारै खान सुपरस्टार्सको फिल्मभन्दा पनि अगाडि पुगेको छ । अहिले भने यो फिल्म बलिउडका उत्कृष्ट ४ फिल्ममा गनिएको छ ।

३ सय करोड फिल्ममा स्टार नभएका भनिएका दुई फिल्म (पद्यावत र सन्जू) सामेल भएका छन् । फिल्मले अहिले पनि राम्रो व्यापार गरिरहेको छ भने सञ्जय दत्तको भूमिकामा देखिएका रणवीर कपूरको अभिनयको चौतर्फी तारिफ भएको छ ।


तपाईंको प्रतिक्रिया