

काठमाडौंं, २ असार – अनमोल केसीको फिल्म ‘कृ’ रिलिज हुनुअघि अनमोलको क्रेज यति बढ्यो कि, उनका अन्तर्वार्ता पनि एकाएक हिट हुन थाले । बहुप्रतीक्षित बनेको यो फिल्म जब रिलिज भयो, हलबाट स्वात्तै घट्यो । यो फिल्मका कारण अनमोलका डाई हार्ड फ्यान पनि भड्किए ।
हल्लैहल्लामा भएपनि फिल्मले लगानी उठायो भनियो । तर, फिल्म खासै रिलिज भएन । त्यसपछि त अनमोल यति धेरै फिल्ममा काम गर्ने भन्दै अनुबन्ध भएका छन् कि, कुनै समय वर्षमा एउटा मात्र फिल्म खेल्ने भनेका अभिनेता अनमोल केसी अहिले भटाभट फिल्म खेल्न थालेका छन् ।
जुन अनमोलका लागि घातक हुन सक्छ ।
अनमोलको फिल्म आउँदा जुन हल्ला र क्रेज थियो, ठ्याक्कै त्यस्तै क्रेज बनायो सलमान खानको ‘रेस ३’ ले पनि । तर, फिल्म रिलिज भएपछि यो फिल्म पनि रुचाइएन । फिल्मले घाटा नै त बेहोर्नु परेन होला तर जुन किसिमले यो फिल्मले मार्केट तताएको थियो, त्यो हिसाबमा फिल्मले राम्रो प्रतिक्रिया पाउन सकेन ।
सलमान खानले वनप रेस ३ पछि अनमोलले जस्तै आफ्ना दर्शक भड्काएका छन् ।
भारतमा मात्र होइन, यो फिल्मले नेपालमा पनि धेरै हल पाएको थियो । तर फिल्मले राम्रो प्रतिक्रिया पाउन सकेको छैनन् । फिल्मको रिभ्यु पनि ध्वस्त आएको छ । तर यतिबेला दर्शकलाई के समस्या आइपरेको छ भने हलमा गएपछि सलमानको ‘रेस ३’ नै हेर्नुपर्ने अवस्था छ ।
यो फिल्मका भयले अरु नेपाली फिल्म रिलिज भएका थिएनन् । फिल्मले कमसेकम एक हप्ता खरो व्यापार गर्नेछ भन्ने धेरैले आशा गरेका थिए ।
तपाईंको प्रतिक्रिया