काठमाडौं, ४ जेठ – नेपालमा वैशाख २१ गते प्रदर्शनमा आएको चलचित्र ‘डमरुको डन्डीबियो’ ले जापान राइटस् सात लाख रुपैयाँमा बेचेको छ ।
समृद्धि इन्टरटेनमेन्ट तर्फबाट विनोद गुरुङ र सेभेन समराई इन्टरनेशनलका तर्फबाट राजु लामाबीच जापानको प्रदर्शन अधिकारको सम्झौता भएको बताइएको छ ।
लोपोन्मुख डन्डीबियोको कथा उठाएको उक्त फिल्ममा खगेन्द्र लामिछाने मुख्य भूमिकामा छन् । फिल्मको कथा पनि खगेन्द्र आफैले लेखेका हुन् भने अनुप बराल, खगेन्द्र लामिछाने, बुद्धि तामाङ, मेनुका प्रधान, अंकित खड्का, आशान्त शर्मा, लक्ष्मी बर्देवा लगायतका कलाकारले अभिनय गरेका छन् ।
चलचित्रलाई छेतेन गुरुङले निर्देशन गरेका हुन् । त्यस्तै हरि हुमागाईंको छायांकन, निमेश श्रेष्ठ र प्रितम पाण्डेको सम्पादन र नोर्बु छिरिङ घले र विनोद गुरुङको लगानी फिल्ममा रहेको छ ।
तपाईंको प्रतिक्रिया