शुरु भयो ‘चंगाचेट’, यी कलाकार भए फिल्मलाई सेट − Kalakarita
शुरु भयो ‘चंगाचेट’, यी कलाकार भए फिल्मलाई सेट

मंगलबार, चैत्र १३, २०७४, ११ : ०२कलाकारिता

काठमाडौं, १३ चैत – चलचित्र ‘चंगाचेट’ को शुभ मुहूर्त भएको छ । मंगलवार काठमाडौंको चाबहिलस्थित गणेश मन्दिरमा फिल्म निर्माण टिमले चलचित्रको मुहूर्त गर्‍यो । चलचित्रलाई दीपेन्द्र के खनालले निर्देशन गर्नेछन् ।

मुहूर्तमा अभिनेत्री प्रियंका कार्की, आयुष्मान जोशी, सन्दीप क्षेत्री, सुरक्षा पन्त, माओत्से गुरुङ, रविन्द्र झा लगायतका कलाकार उपस्थित थिए ।

तर कार्यक्रममा अभिनेत्री परमिता राना भने देखिएकी थिइनन् ।

बरु एउटा रोचक कुरा के छ भने फिल्ममा आयुष्मान र प्रियंकाको जोडी देखिएको छ । कार्यक्रममै चुम्बन साटासाट गर्नेदेखि जताततै एकसाथ देखिने प्रियंका र आयुष्मान त अहिलेका जोडी नै भइहाले । अर्कोतर्फ आयुष्मानकी पूर्वप्रेमिका परमिता पनि फिल्ममा देखिँदैछिन् ।

चलचित्रमा अर्पण थापा, ऋचा शर्मा, आसिफ शाह लगायतका कलाकारको पनि अभिनय रहनेछ । त्यस्तै चलचित्रलाई निरज कँडेलले छायांकन गर्दैछन् ।

 


तपाईंको प्रतिक्रिया