नक्कली टाइगर श्राफले मच्चाए धमाका − Kalakarita
नक्कली टाइगर श्राफले मच्चाए धमाका

बिहीबार, साउन १०, २०७५, ०७ : ०२कलाकारिता

मुम्बई – सामाजिक सञ्जाल अहिले यस्तो ठाउँ भएको छ, जसका कारणले कोही पनि रातारात हिरो हुनसक्ने भएको छ । दक्षिण भारतीय एक कलाकार प्रिया वरियर त्यसरी नै भाइरल भएकी थिइन् भने नेपालमा अशोक दर्जी पनि रातारात भाइरल भएका थिए ।

अहिले फेरि भारतमा अर्का एक व्यक्ति भाइरल भएका छन् । यतिबेला सामाजिक सञ्जालमा सबैलाई चकित पार्ने केही तस्वीर सार्वजनिक भइरहेका छन् ।

कुरा के भने, बलिउडका स्टार टाइगर श्राफसँग मिल्ने अर्का एक युवा यतिबेला भाइरल भएका हुन् । हुबहु टाइगर श्राफजस्ता देखिने युवकले शरीर पनि त्यस्तै बनाएका छन् । त्यस्तै उनको हेयर स्टाइल पनि टाइगरकै जस्तो छ ।

उनले स्टन्ट पनि गर्छन् । टाइगर श्राफजस्तै ती युवकको नाम डेविट शाहरिया हो भने उनी अभिनय पनि गर्छन् । रमाइलो कुरा त के छ भने उनले कपाल पनि टाइगर श्राफकै जस्तो पालेका छन् ।

हेर्नुस् नक्कली टाइगरका केही तस्वीरः


तपाईंको प्रतिक्रिया