दिलिप रायमाझीको ‘तरकारी काउली, बसी बसी खाउली’ − Kalakarita
दिलिप रायमाझीको ‘तरकारी काउली, बसी बसी खाउली’

मंगलबार, जेठ २२, २०७५, १० : ०२कलाकारिता

काठमाडौं, २२ जेठ – फिल्ममा त त्यति देखिएका छैनन् तर दिलिप रायमाझीलाई भिडियोमा अभिनय गरेको भने देख्न पाइन्छ । अमेरिकामा हुँदा पनि भिडियोलाई समय दिएका दिलिप रायमाझी अभिनित नयाँ गीत सार्वजनिक भएको छ ।

‘तरकारी काउली’ बोलको गीत लोक शैलीको गीतमा छ भने यो गीतको भिडियोमा दिलिप रायमाझी र सावित्रा बस्नेतले कम्मर मर्काएका छन् ।
गीतमा शब्द र संगीत कृष्ण समीप सुवेदीको रहेको छ, त्यस्तै कृष्ण समीप र सावित्रा भुजेल बस्नेतको स्वर रहेको छ ।

भिडियोलाई अजय रेग्मीले खिचेका हुन् भने टेकेन्द्र शाहले सम्पादन र रञ्जित कुमार क्षेत्रीले निर्देशन गरेका हुन् ।


तपाईंको प्रतिक्रिया