काठमाडौं, ९ चैत – आज शत्रु गते टिमले भन्दै आइरहेको मिति – चैत ९ ।
अर्थात्, आजैदेखि चलचित्र ‘शत्रु गते’ नेपाली सिनेमा घरमा सोलो रिलिजमा उत्रेको छ । केही महिनादेखि नेपाली चलचित्र एकअर्कामा जुध्दै रिलिजमा आउँथे। तर यसपटक भने चलचित्र शत्रु गते एक्लै हलमा रिलिज भएको हो ।
पहिले नै मल्टिप्लेक्समा बुकिङ खोलेको सिनेमाले दर्शकको साथ पाएको छ । कमेडी जानरामा निर्माण भएको चलचित्रलाई चलचित्र ‘जात्रा’ का निर्देशक प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । साथै चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, दीपकराज गिरी, पल शाह, आँचल शर्मा, दीपाश्री निरौला लगायतका कलाकारले अभिनय गरेका छन् ।
फिल्मको कथा तथा पटकथा दीपकराज गिरी र प्रदीप भट्टराईले लेखेका हुन् ।
यस कारण चल्न सक्छ फिल्म
त्यसो त अब फिल्म कस्तो चल्ने भन्ने प्रतिक्रिया आउन धेरै घण्टा कुर्नु पर्दैन किनकि फिल्म अब दर्शकको साथमा पुगिसकेको छ । तर चलचित्र चल्न सक्ने एउटा मुख्य कारण भनेको फिल्मले देखाएको स्टारडम नै हो । झण्डै सत्र वर्षपछि यही चलचित्रका माध्यमबाट मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य पनि फिल्मको पर्दामा देखिन लागेका छन् । यो अर्को इट्टा हो ।
त्यस्तै फिल्म कमेडी भएकाले पनि चल्न सक्ने सम्भावना छ । अर्को पक्ष निर्देशक प्रदीप भट्टराईले यसअघि निर्देशन गरेको चलचित्र ‘जात्रा’ समीक्षात्मक र व्यावसायिक रुपले सफल भएको थियो, एकथरी दर्शकलाई फिल्म पक्कै राम्रो छ भन्ने परेको छ ।
यसअघि ‘छक्का पञ्जा’ फिल्म निर्माण गरेको चलचित्रको टिम, मह जोडी र प्रदीप भट्टराई समेत सम्मिलित टिमले फिल्म कस्तो बनाउन सफले भएको छ र दर्शकले कति माया पाउँछ, त्यसका लागि अझै केही समय कुरौं ।
तपाईंको प्रतिक्रिया