फिल्म ‘फाटेको जुत्ता’ निर्माता अर्जुन कुमार पक्राउ − Kalakarita
फिल्म ‘फाटेको जुत्ता’ निर्माता अर्जुन कुमार पक्राउ

बुधबार, वैशाख ५, २०७५, ०७ : ०३कलाकारिता

काठमाडौं, ५ वैशाख – चलचित्र ‘फाटेको जुत्ता’ का निर्माता तथा गायक अर्जुन कुमार डंगोल प्रक्राउ परेका छन् । उनलाई महानगरीय प्रहरी कार्यालय, टेकुले पक्राउ गरेको हो ।

चेक बाउन्स गरेको उजुरीका आधारमा उनलाई प्रहरीले प्रक्राउ गरेको हो । डंगोललाई उनकै निवासबाट प्रक्राउ गरिएको प्रहरीले जनाएको छ ।

व्यापारी रघु अग्रवालले दिएको निवेदनका आधारमा उनलाई पक्राउ गरिएको मुद्दा शाखाका प्रमुख डिएसपी मोहन थापाले बताए ।

‘उनीमाथि परेको मुद्दाका आधारमा हामीले पक्राउ गरेका हौं, भोलि पीडित आएपछि मुद्दा कसरी अगाडि बढाउने भन्नेमा छलफल हुन्छ ।’, थापाले बताए ।

आज भने अर्जुनकुमार प्रहरीको हिरासतमै रहने छन् । पछिल्लो समय अर्जुनकुमारका कुनै फिल्म रिलिज भएका छैनन् ।

पछिल्लोपल्ट आइतबार, वैशाख ९, २०७५ मा अपडेट गरिएको ।


तपाईंको प्रतिक्रिया