मुम्बई – हालै बलिउड कलाकार विवेक ओबरायले एउटा मिम शेयर गर्दै ट्वीट गरे । उक्त ट्वीटमा ऐश्वर्या रायलाई विवेक ओबराय, सलमान खान र अभिषेक बच्चनसँग देख्न सकिन्छ । यो मिमलाई लिएर विवेक फ्यानको तारो बनेका छन् ।
विवेकले जोक मानेर शेयर गरेको यो मिमलाई दर्शकले भने मन पराएनन् । यो शेयरबाट के देखिन्छ भने विवेकले ऐश्वर्याको निजी जीवनलाई लिएर ‘वार’ गरेका छन् । तमाम सेलिब्रेटी र ट्वीटर प्रयोगकर्ताले यसमा विरोध जनाएका छन् ।
Haha! 👍 creative! No politics here….just life 🙏😃
Credits : @pavansingh1985pic.twitter.com/1rPbbXZU8T
— Vivek Anand Oberoi (@vivekoberoi) May 20, 2019
हुन त विवेक ओबरायको प्रतिक्रिया पनि आएको छ । यसमा उनले आफ्नो नजरबाट कुनै गलत नभएको बताएका छन् । उनले माफी माग्न पनि मानेनन् । अब जान्नुस्, ऐश्वर्या विवेक र सलमानबीच के सम्बन्ध थियो ?
जब नजिक थिए सलमान–ऐश्वर्या
‘हम दिल चुके है सनम’ त्यो फिल्म थियो, जसमा सलमान खान र ऐश्वर्या रायको सम्बन्ध राखिएको थियो । सञ्जय लीला भन्सालीको यो फिल्ममा काम गर्दा यी दुई नजिक भएका थिए । पछि यी दुईमा प्रेम बसेको हल्ला चल्यो । पछि समय एउटै रहने । कैयन् रिपोर्टस् बताउँछन् कि, सलमान खानसँग अफेअर चल्दै गर्दा ऐश्वर्याले दूरी बढाइन् । सन् १९९९ मा शुरु भएको प्रेम सम्बन्ध लामो समय चल्न सकेन । सन् २००२ मै यी दुई छुटे । यो विछोडको एउटा कारण विवेक ओबराय पनि थिए ।
जब बीचमा आए विवेक
त्यसपछि ऐश्वर्याको जिन्दगीमा विवेक ओबराय आए । विवेक ओबराय त्यतिबेला कलाकार र दर्शकबीच रुचाइएका पनि थिए । उनले विवेक र ऐश्वर्याले धेरै फिल्ममा सँगै भएर काम पनि गरेका थिएनन् । तर, यी दुवै एकसाथ नजिक भए । तर, त्यो खबर पनि लामो समय टिक्न सकेन ।
अचानक विवेक ओबरायले यस्तो काम गरे, जस कारण सलमान र ऐश्वर्याबीचको सम्बन्ध त बिग्रियो नै । करिअर पनि धरापमा प–यो ।
पछि ऐश्वर्या रायले सन् २००७ मा अभिषेक बच्चनसँग बिहे गरिन् । अहिले उनकी एक छोरी पनि छिन् । जसको नाम आराध्या हो । विवेक ओबरायले शेयर गरेको मिमपछि बच्चन परिवारबाट भने कुनै प्रतिक्रिया आएको छैन । न त यस बारेमा सलमान खान नै बोलेका छन् ।
तपाईंको प्रतिक्रिया