विर्तामोड, १५ चैत – यतिबेला चलचित्र ‘लिलिबिली’ मोफसल प्रचारमा व्यस्त छ । फिल्मको टिम देश दौडाहाका सिलसिलामा विभिन्न शहर पुगिरहेको छ ।
चितवन टार्गेटपछि भने लिलिबिली टिम विर्तामोड पुगेको छ । प्रचारमा होमिएको निर्माण टिम खराब मौसमका कारण पोखरा भने पुग्न सकेको थिएन । केही दिनअघि चितवनमा कार्यक्रममा बोल्दै अभिनेता प्रदीपले आफ्ना लागि यो फिल्म डेब्यु भएको बताएका थिए । विर्तामोड पुगेको टिमले दर्शकको साथ पाएको छ । साथै अब निर्माण टिमले दमकमा कन्सर्ट गर्नेछ ।
कन्सर्टमा अभिनेता प्रदीप खड्का, जसिता गुरुङ र नेपाल आइडलका प्रतिस्पर्धी प्रताप दास मुख्य केन्द्रमा देखिएका छन् ।
मिलन चाम्सले निर्देशन गरेको चलचित्र यही चैत ३० गतेदेखि रिलिज हुँदैछ । त्यस्तै फिल्ममा सुदीप खड्का र गोविन्द शाहीको लगानी छ ।
तस्वीरः सुदीप खड्काको फेसबूकबाट
तपाईंको प्रतिक्रिया