काठमाडौं, ४ वैशाख – संगीतकार महेश खड्काले नेपाली संगीत क्षेत्र मगन्ते भएको बताएका छन् । संगीतकार संघ नेपालले काठमाडौंमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
झण्डै दुई वर्षसम्म चल्ने गरी ‘मेची महाकाली सांगीतिक अभियान’ को जानकारी गराउन पत्रकार सम्मेलन गरिएको थियो । उक्त कार्यक्रममा बोल्दै खड्काले नेपाली संगीत क्षेत्रमा लागेका संगीतकारले राम्रो जीवन धान्न मुस्किल भएको खड्काले बताए । ‘विदेशतिर संगीतकारको लाइफस्टाइल धेरै राम्रो हुन्छ, तर यहाँ हामीलाई सामान्य जीवन धान्न गाह्रो भएको छ, नेपाली संगीत क्षेत्रको स्थिति दुःखद भयो ।’, उनले भने ।
संगीत क्षेत्रको उत्थानका लागि भन्दै संगीतकार संघ नेपालले मेचीदेखि महाकालीसम्म पुग्ने गरी कार्यक्रम गर्न लागेको समेत उक्त कार्यक्रममा जानकारी गराइयो । कार्यक्रम अनुसार नेपालका चर्चित कलाकार तथा संगीतकार साथ देशका विभिन्न स्थानमा पुगेर नेपाली संगीत प्रस्तुत गरिनेछ । यसले संगीतकारको जीवनलाई पहि सहयोग गर्ने लक्ष्य संगीतकार संघ नेपालले लिएको छ ।
साथै काठमाडौंमा यही मिति वैशाख ७ गते साँझ ५ बजेदेखि आर्मी अफिसर क्लबमा भव्य कार्यक्रम हुने पनि आयोजकले जनाएको छ । संघले राष्ट्रिय एकता र सद्भावका लागि सांगीतिक अभियान थालेको बताएको छ ।
तपाईंको प्रतिक्रिया