तीज आएपछि साडी चोलो चाहिएको व्यथा तीजको गीतमा (भिडियो) − Kalakarita
तीज आएपछि साडी चोलो चाहिएको व्यथा तीजको गीतमा (भिडियो)

आइतबार, साउन १३, २०७५, १० : ०३कलाकारिता

काठमाडौं, १३ साउन – तीजका अवसरमा आफ्नो विभिन्न सांगीतिक कोसेली लिएर आउने लोकदोहोरी गायक तथा गायिकाको क्रम बढ्दो मात्रामा रहेको छ । सुशेली म्युजिक प्रालीको प्रस्तुतीमा पार्वती बाँनियाका तीजको कोशेली “यसपालीको”को भिडियो सार्वजनिक भएको छ ।

नेपाली हिन्दु नारीहरुको महान पर्व नजिक आउदै गर्दा आम दर्शक तथा स्रोताको माग अनुरुप गीत बजारमा आएको छ ।तीज गीतमा गायक नविन विरही श्रेष्ठ र गायिका पार्वती बाँनिया को आवाज रहेको छ ।

मौलिक एवं सांस्कृतिक पर्वको रुपमा परिचित तीजको अवसरमा आफनो सिर्जनालाई बजारमा ल्याउन पाउँदा निकै खुशी लागेको गायिका पार्वती ले बताइन । नविन विरही श्रेष्ठको लय तथा शब्द सिर्जनामा गीत तयार पारिएको छ ।

गीतको भिडियोलाई सुरज खनालको छायाँकन , चेतन सागरको सम्पादन , र कुशल निर्देशन सन्तोष पौडेलले गीतको भाव अनुसार कुशलताका साथ निर्देशन गरेका छन । सागर पौडेल र मनिष्का गुरुङको दमदार अभिनय रहेको छ ।

(इमेलमा प्राप्त असम्पादित समाचार)


तपाईंको प्रतिक्रिया