आर्यनले कस्तो रंग खोज्दैछन्? (भिडियो) − Kalakarita
आर्यनले कस्तो रंग खोज्दैछन्? (भिडियो)

मंगलबार, साउन २२, २०७५, ०८ : ०३कलाकारिता

काठमाडौं । गएको शुक्रवारबाट हलमा रिलिज भइरहेको सिनेमा ‘कायरा’ को गीत युट्युबमा पनि सार्वजनिक गरिएको छ । उक्त गीतमा आर्यन सिग्देललाई गायकका रुपमा अभिनय गराइएको छ ।

‘रंग छ कहाँ’ बोलको गीत स्याड गीतमा केतन क्षेत्रीको स्वर छ भने कोशिश क्षेत्रीको संगीत रहेको छ । त्यस्तै गीतमा आर्यन सिग्देलले नै शब्द दिएका छन् ।

आर्यन सिग्देल, साम्राज्ञी राज्यलक्ष्मी शाह, शिशिर राना, हितेष शर्मा, मरिषा श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेको फिल्मले हलबाट मिश्रित प्रतिक्रिया पाएको छ । फिल्मले बक्स अफिसमा भने केही आशाजनक व्यापार गरेको छ ।

चलचित्रलाई लक्ष्मण रिजालले लेखन तथा निर्देशन गरेका हुन् ।


तपाईंको प्रतिक्रिया