अभिनेता जीवनले सकिसँग गरे ‘जीवन साथी’को वाचा − Kalakarita
अभिनेता जीवनले सकिसँग गरे ‘जीवन साथी’को वाचा

आइतबार, साउन १४, २०८०, १० : ०३कलाकारिता

काठमाडौँ– अभिनेता जीवन गिरी र मोडल सकि इटानीले जीवनभर वरपिपल झैसँगै बाच्ने बाँचा गरेका छन् ।

दुबैले रियल जीवनमा भन्दा पनि रिल जीवन अर्थात ‘जीवन साथी’ बोलको गीतको भिडियो अभिनयमा उक्त बाँचा गरेका हसन् ।
रोमान्टिक शैलीको गीतमा जीवन र सकि रोमान्टिक प्रेम जोडीको रुपमा प्रस्तुत भएका छन् । जसमा दुबैको केमेष्ट्रि सुहाउँदो छ ।

हिमाल सागर र अनु चौधरीको स्वर रहेको गीतमा शब्द तथा संगीत टिका बम्जनको छ, भने एरेन्ज सहस शाक्यले गरेका हुन् ।
नवराज उप्रेतीको छायांकन, मनोज कार्कीको सम्पादन रहेको गीतको भिडियो मौसम हिमालले निर्देशन गरेका हुन् । अभिनेता जीवनले ‘एउटा साथी’ लगायत केही फिल्म अभिनय गरेका छन् । फिल्मको अलवा जीवन म्युजिक भिडियोमा पनि बाक्लै देखिने गरेका छन् ।


तपाईंको प्रतिक्रिया