दुर्घटनामा परे शिव परियार − Kalakarita
दुर्घटनामा परे शिव परियार

आइतबार, जेठ १३, २०७५, ०६ : ०३कलाकारिता

काठमाडौं, १३ जेठ – गायक शिव परियार दुर्घटनामा परेका छन् । सामाखुशी–बसुन्धरा रुटमा बाइक चलाइरहेका उनलाई पछाडिबाट गलत दिशाबाट आइरहेको अर्को बाइकले ठक्कर दिएको थियो ।

बा ७८ प ८५११ नम्बरको बाइकले उनलाई ठक्कर दिएको बताइएको छ । दुर्घटनापछि उनको दाहिने खुट्टामा चोट लागेको छ भने उनको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ । उनी खतरामुक्त भएको सामाजिक सञ्जाल फेसबूकमार्फत जनाएका बताएका छन् ।


तपाईंको प्रतिक्रिया