![](http://kalakarita.com/wp-content/uploads/2021/12/kalakarita-new-logo-FINAL-150x150.png)
![](https://kalakarita.com/wp-content/uploads/2019/05/tiger-disha.jpeg)
मुम्बई – बलिउडकी क्युट गर्ल दिशा पटानी पछिल्लो समय चर्चामा छिन् । उनी अभिनित फिल्म ‘भारत’ रिलिजको क्रममा छ । उनका साथ फिल्ममा सलमान खान, क्याटरिना कैफ लगायतका जोडी देख्न सकिन्छ ।
यस्तै उनले मोहित सुरीले निर्देशन गर्ने फिल्म ‘मलंग’ मा पनि अभिनय गर्नेछिन् । हालै खबर आएको छ कि, दिशाले चर्चित ‘मर्डर’ सिरिजमा काम गर्न इन्कार गरेकी छिन् । भारतीय मिडियाका अनुसार उनले ‘मर्डर ४’ मा काम गर्न इन्कार गरेकी हुन् । उनले टाइगर श्राफका कारण फिल्म छोडेको बताइएको छ । टाइगरले ने फिल्मलाई इन्कार गर्न भनेको भारतीय मिडियाले सूत्रको हवाला दिँदै लेखेका छन् ।
यसको कारण भने अझै थाहा छैन । यद्यपि भनिएको छ कि, यो फिल्ममा केही त्यस्ता इन्टिमेट सिन पनि छन्, जुन सिनमा दिशालाई टाइगरले देख्न चाहँदैनन् ।
यसअघि पनि किश दृश्य दिन पनि दिशाले मानेकी थिइनन् । टाइगर र दिशाको सम्बन्ध चलिरहे पनि यी दुईले भने आधिकारिक रुपमा केही बताएका छैनन् । यी दुवै इभेन्टमा भने एकसाथ हुन्छन् ।
तपाईंको प्रतिक्रिया