अर्पण र ऋचाको ‘चक्कर’ ट्रेलर रिलिज (भिडियो) − Kalakarita
अर्पण र ऋचाको ‘चक्कर’ ट्रेलर रिलिज (भिडियो)

आइतबार, जेठ १३, २०७५, ०५ : ०४कलाकारिता

काठमाडौं, १३ जेठ – चलचित्र ‘चक्कर’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा थिएटरकर्मी समेत रहेकी सिर्जना सुब्बा मुख्य भूमिकामा छिन् ।

अनुष्का रौनियारको लेखन तथा निर्देशन रहेको फिल्मलाई रविन आचार्यले निर्माण गरेका हुन् । फिल्ममा छायांकन पनि आचार्यकै छ ।

एउटा चक्कर अर्कोमा पर्ने कथामा निर्माण भएको चलचित्रमा एभोन राज उप्रेती, अर्पण थापा, सिर्जना सुब्बा, ऋचा शर्मा, भोलाराज सापकोटा, स्मृति पोखरेल लगायतका कलाकारले अभिनय गरेका छन् ।

आउँदो साउन ४ गतेदेखि नेपालभर रिलिज हुने चलचित्रका गीत नितेश जंग कुवँर र शितल मोक्तानको रहेको रहेको छ ।


तपाईंको प्रतिक्रिया