दयाहाङ राईले फिल्मको सङ्ख्या घटाएकै हुन्? − Kalakarita
दयाहाङ राईले फिल्मको सङ्ख्या घटाएकै हुन्?

सोमबार, असार ४, २०७५, ०८ : ०४कलाकारिता

काठमाडौं, ४ असार – अभिनेता दयाहाङ राई पछिल्लो समय केही फितलो गरी देखिन थालेका छन् । एकपछि अर्को गर्दै फिल्ममा देखिएका दयाहाङ पछिल्लो समय भने खासै फिल्ममा देखिएका छैनन् । उनलाई एउटै खाले फिल्म खेलेको र धेरै फिल्म खेलेको आरोप पनि लाग्ने गर्थे ।
पछिल्लो समय भने उनी केही कम देखिएका छन् फिल्ममा ।

यसैबीच काठमाडौंमा भएको एक कार्यक्रममा उनले बोल्दै आफूले अहिले फिल्ममा कमै अभिनय गरेको बताए । अझै केही चलचित्र पाइपलाइनमा रहेको र ती चलचित्र रिलिजपछि मात्र नयाँ फिल्ममा अभिनय गर्ने सोच बनाएको उनले बताए ।

‘धेरै फिल्म खेल्यो भन्ने आरोप आइरह्यो, मैले त यो एकैपटक फिल्म रिलिज हुँदैनन् होला भनेर त्यही अनुुसार फिल्म खेल्छु तर प्राविधिक रुपमा फिल्म रिलिज हुँदैनन् र पछि आफ्नै फिल्म एक-आपसमा जुध्छन्,’ उनले भने, ‘अब अभिनय गरेका फिल्म रिलिज भएपछि त्यही अनुसार फिल्ममा अभिनय गर्छु ।’

‘हो, फिल्म केही कम गरेको हो ।’, उनले भने ।

चलचित्र ‘लूट’ बाट एकाएक उदाएका दयाहाङका धेरै फिल्म जुधिरहेका थिए । एकपछि अर्को गर्दै आइरहेका उनका फिल्मले दर्शक मोनोटोनस भएका थिए । उनी भने आफूले फिल्मकर्मीको कुरा काट्न नसकेर प्रस्तावमा आएकामध्ये दशदेखि प्रन्ध्र प्रतिशत फिल्ममा मात्र काम गरेको बताउँदै आएका थिए ।

यसअघि रिलिज भएको उनको चलचित्र ‘नेप्टे’ ले खासै राम्रो व्यापार गर्न सकेन । अब उनको केन्द्रीय भूमिका रहेको फिल्म ‘भैरे’ साउन ४ गतेदेखि रिलिज हुँदैछ ।

र, यो पनि पढ्नुहोस्ः

यस कारण दयाहाङ राई खेदिएका छन्

पछिल्लोपल्ट बुधबार, असार ६, २०७५ मा अपडेट गरिएको ।


तपाईंको प्रतिक्रिया