श्यामको ‘कोरेर मेरो चित्र’ को श्यामश्वेत भिडियो − Kalakarita
श्यामको ‘कोरेर मेरो चित्र’ को श्यामश्वेत भिडियो

शनिबार, जेठ १२, २०७५, १२ : ०४कलाकारिता

काठमाडौं , १२ जेठ – गायक विश्व नेपालीले नयाँ गीत बजारमा ल्याएका छन् । उनले युट्युबमार्फत विरहको गीत बजारमा ल्याएका हुन् ।

फिल्म निर्माण कम्पनी ट्री इन्टरटेनमेन्टका तर्फबाट निर्माण गरिएको गीतको भिडियोमा मोडल नरेन खड्का र सनम घिमिरेलाई फिचरिङ गरिएको छ । गीतमा विश्व नेपालीको स्वर र आनन्द राईको संगीत रहेको छ ।

‘कोरेर मेरो चित्र’ बोलको गीतलाई गोपाल रसाइलीले एरेन्ज गरेका छन् । त्यस्तै गीतका शब्दलाई फिल्म निर्माता दिनेश दर्शनधारीले लेखेका हुन् । गीतको भिडियोलाई श्यामश्वेत बनाइएको छ ।

साथै गीतको भिडियोलाई सुजन प्रजापतिले छायांकन गरेका छनज् भने दिपेश सापकोटाले निर्देशन गरेका हुन् ।


तपाईंको प्रतिक्रिया