कपिल शर्मा र सुनील ग्रोबरबीच फेरि झगडा शुरु − Kalakarita
कपिल शर्मा र सुनील ग्रोबरबीच फेरि झगडा शुरु

सोमबार, चैत्र ५, २०७४, ०९ : ०४कलाकारिता

मुम्बई – भारतका दुई कमेडियन कपिल शर्मा र सुनील ग्रोवरबीच फेरि पनि सामाजिक सञ्जालमा झगडा भएको छ । यता कपिल शर्मा आफ्नो नयाँ शो ‘फ्यामिली टाइम विथ कपिल’ लिएर आउँदै छन् । तर यस शोमा उनी सुनील ग्रोवरसँग देखिने छैनन् ।

हालै एक फ्यानले सुनीललाई ट्वीट गर्दै लेखेका थिए, ‘कपिल शर्मा शोमा फर्किनुस्, हामी तपाईंलाई सम्झिरहेका छौं सर । लभ यु ।’

फ्यानको ट्वीटमा सुनीलले जवाफ दिए । त्यसमा कपिल फेरि भड्किए ।

सुनीलले आफ्नो ट्वीटमा लेखे, ‘भाइ तपाईजस्तै अरुले पनि यही सोध्नुहुन्छ, तर मलाई यस शोका लागि कुनै फोन आएको छैन, मेरो फोन नम्बर पनि उही हो, मैले अरु कुनै साइन गर्नलाई प्रतीक्षा गरिरहेको छु । तपाईंहरुको प्राथनाले म एउटा राम्रो प्राजेक्टमा जोडिएको छु, छिट्टै तपाईंको सामुन्ने आउँछु ।’

सुनीलले लेखेको ट्वीटमा कपिल भड्किए । र, उनले ट्वीट लेखे, ‘पाजी, मैले तपाईंलाई एक सयपटकभन्दा धेरै पटक फोन गरें, दुईपटक घरमै भेट्न आएँ, सधै तपाईं उस्तै व्यवहार गर्नुभयो, कृपया मैले फोन गरिन भन्ने हल्ला नफैलाउनुस् ।’

तर उनले अंग्रेजीमा लेखेका हुनाले तिमी लेखेका हुन् कि तपाईं भन्ने पत्तो हुँदैन । कपिलले लेखेका छन्, म थाकिसकेको छु यो सब हल्लाले ।

केही महिनाअघि कपिल शर्मा र सुनील ग्रोवरबीच झगडा भएको थियो । यी दुई स्टारबीचको वाक यु्द्ध बेलाबेलामा चर्किरहन्छ । अष्ट्रेलियाबाट फर्किने बेलामा सुनील र कपिलबीच झगडा भएको थियो ।


तपाईंको प्रतिक्रिया