काठमाडौं, ३० जेठ – वरिष्ठ कलाकार तथा पूर्व सैनिक भीमबहादुर थापाको निधन भएको छ । उनी लामो समयदेखि उनी फोक्सो र छातीको समस्याबाट ग्रसित थिए । गएराति उनको आफ्नै निवास मैतीदेवीमा निधन भएको हो ।
सानो तथा ठूला पर्दामा सक्रिय थापाले हास्य टेलिफिल्म तितो सत्यमा पनि अभिनय गरेका थिए ।
उनले झण्डै सत्तरी वटा फिल्ममा अभिनय गरेका छन् । ब्रिटिश सेनामा भर्ती भएका थापा दोस्रो विश्वयुद्ध लडेका थिए भने उनी रेडियोमा सेनाका कार्यक्रम पनि चलाएका थिए ।
उनको जन्म खोटाङको लामिडाँडामा भएको हो । थापाले रेडियो नाटक, नाटक, टेलिचलचित्र र ठूला पर्दाका चलचित्रमा समेत अभिनय गरेका छन् ।
थापाको ९२ वर्षको उमेरमा उनको निधन भएको हो । उनले दुई विवाह गरेका थिए । एक मागी विवाह गरेका थिए भने अर्को प्रेम विवाह गरेका थिए ।
उनको पार्थिव शरीरलाई आज दश बजेदेखि बाह्र बजेसम्म आर्यघाटमा श्रद्धान्जलीका लागि राखिने भएको छ ।
यो पनि पढनुस्ः
दोस्रो विश्वयुद्ध लडेका भीमबहादुर, यसरी बनेका थिए कलाकार
तपाईंको प्रतिक्रिया