धुर्मुस-सुन्तलीले अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बनाउने − Kalakarita
धुर्मुस-सुन्तलीले अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बनाउने

शुक्रबार, चैत्र १६, २०७४, १० : ०५कलाकारिता

काठमाडौं, १६ चैत – धुर्मुस सुन्तली फाउन्डेसनको सहकार्यमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट स्टेडियम बन्ने भएको छ । यतिबेला अर्को प्रोजेक्ट ‘नमूना नेपाल’ मा लागेको धुर्मुस सुन्तली फाउन्डेसनलाई धेरैतिरबाट अन्तर्राष्ट्रिय क्रिकेट टिम बनाउन हौसला आएकोले आफूहरु दुवै प्रोजेक्ट निर्माण गर्न लागेकी सुन्तली (कुञ्जना घिमिरे) ले बताएकी छिन् ।

नेपाल भित्रको नेपाल ‘नमूना नेपाल’ को मास्टर प्लान, डीपीआर, अईआईएको प्रक्रिया अघि बढिरहेका बेला अब क्रिकेट स्टेडियम पनि बनाउन आफूहरु तयार भएको भन्दै कुञ्जनाले सामाजिक सञ्जाल फेसबूकमा लेखेकी छिन् ।

‘नेपालको क्रिकेटले अन्तर्राष्ट्रिय जगतमा देशका शिर ठाडो बनाएर हरेक नेपालीलाई खुशी दिने मात्र नभई देशकै गरिमा उच्च राख्ने काम गरेको छ’, उनले लेखेकी छिन्, ‘यो अभियान धुर्मुस–सुन्तली फाउन्डेसनको मात्र नभई राष्ट्रकै अभियान हो ।’

तर फाउन्डेसनले संयोजन सहकार्य गर्नेछ । क्रिकेट निर्माणका लागि छुट्टै निर्माण समिति बन्ने र त्यही समितिको रोहवरमा निर्माण क्रिकेट स्टेडियम बन्ने भएको छ ।

यसअघि पनि धुर्मुस–सुन्तलीले विभिन्न परियोजना निर्माण गरिरहेका छन् । ‘मेरी बास्सै’ बाट चर्चामा आएको यो जोडी यतिबेला समाजसेवामा खुलेर लागेको छ ।

कुञ्जनाले फेसबूकमा यस्तो स्टाटस लेखेकी छिन्ः


तपाईंको प्रतिक्रिया