तीजको छमछम नाच्ने गीत ‘पिपलु पातैले’ (भिडियो) − Kalakarita
तीजको छमछम नाच्ने गीत ‘पिपलु पातैले’ (भिडियो)

बुधबार, साउन ९, २०७५, १० : ०५कलाकारिता

काठमाडौं, ९ साउन – तीजको रौनक नजिकिँदै गर्दा ‘पिपलु पातैले’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा डिल्लीराज डाँगी, सम्झना भण्डारी र सुमन डाँगीले स्वर दिएका छन् ।

छमछम नाच्न मिल्ने गीतमा प्रियसीलाई हातले छुन मन लागेको कुरालाई विषय बनाइएको छ । गीतका शब्द डिल्लीराज डाँगीले लेखेका हुन् भने संगीत मधुसुदन डाँगीले दिएका हुन् ।

गीतको भिडियोमा चक्र बम, सरक्षा र अर्जुन लगायत नाचेका छन् भने अशोक बिकले भिडियो निर्देशन गरेका हुन् ।


तपाईंको प्रतिक्रिया