

काठमाडौं । फिल्म ‘मेरी मामु’ टिमले अफिसियल ४ पोस्टर सार्वजनिक गरेको छ । यसअघि पनि केही पोस्टर सार्वजनिक गरेको टिमले फेरि पनि पोस्टर नै सार्वजनिक गरेको हो ।
भदौ १५ लाई रिलिज मिति तोकेको फिल्म युनिटले भदौ १ गते ट्रेलर रिलिज गर्दैछ । यसअघि निर्माण टिमले एक गीत सार्वजनिक गरेको थियो । र, त्यही गीतका भरमा फिल्मको प्रचार पनि गरिरहेको छ । गीत चर्चामा समेत आएको छ ।
सार्वजनिक पोस्टरमा आयुब सेनलाई अबोध बालकका रुपमा प्रस्तुत गरिएको छ । आयुब निर्माता तथा कलाकार सन्तोष सेनका छोरा पनि हुन् ।
चलचित्रमा सारुक ताम्राकार, अश्लेषा ठकुरी, कुसुम गुरुङ, दुर्गा मल्ल लगायतका कलाकारको अभिनय रहनेछ ।
यस्तै चलचित्रमा यम थापाको लेखन तथा निर्देशन रहेको छ । यसअघि थापाले ‘राज्जा रानी’ निर्देशन गरेका थिए ।
तपाईंको प्रतिक्रिया