दीपिका–रणवीरको बिहेको मिति पक्का − Kalakarita
दीपिका–रणवीरको बिहेको मिति पक्का

शनिबार, चैत्र १७, २०७४, ०४ : ०५कलाकारिता

काठमाडौं, १७ चैत – बलिउड अभिनेता अनुष्का र विराटको बिहेपछि अब बलिउडमा अर्को जोडीको पनि बिहे हुने भएको छ । अहिले बिहे हुनेमा रणवीर र दीपिका देखिएका छन् ।

सन् २०१८ को अन्तसम्ममा बिहे गर्ने गरी अभिनेत्री दीपिका पादुकोण र रणवीर सिंहले तयारी गरिरहेको भारतीय मिडियाले लेखेका छन् ।

पछिल्लो समय यी दुईको बिहेको हल्ला बारम्बार आइरहेको छ । अब भने यी दुईले बिहे गर्ने मिति नै तय गरेको बताइएको छ । त्यसो त पहिले पनि यो खबर आएको थियो तर कुरा सेलाएको थियो ।

भारतीय मिडियाले बताएअनुसार यी दुईको बिहेका लागि चार वटा मिति चुनिएको छ । समाचार अनुसार यी दुईको बिहे सेप्टेम्बर या डिसेम्बरसम्म हुनेछ । अझ दीपिकाले त आफ्नी आमा र बैनीसँग बिहेका लागि शपिङ समेत गर्न थालेको बताइएको छ ।

रणवीर र दीपिकाले पनि विराट र अनुष्काले झैं टाढाको बिहे गर्न चाहन्थे तर पछि भने बिहे हिन्दू रीतिअनुसार भारतमै हुने समाचार आएको छ ।

तर, रणवीर र दीपिकाको बिहेमा पनि धेरै नजिकैका आफन्तलाई मात्र निम्ता गरेर बिहे गर्ने भन्ने योजना बनिरहेको बताइएको छ ।

-एजेन्सी


तपाईंको प्रतिक्रिया