शनिबार, असोज २०, २०७५, १२ : ०६
कलाकारिता


काठमाडौं । चलचित्र ‘पुरानो बुलेट’ को टिजर सार्वजनिक गरिएको छ । शीर्षकमा झैँ बुलेटका केही दृश्य सार्वजनिक गर्दै टिजर तयार पारिएको छ ।
टिजर हेर्दा अनुपविक्रम शाहीलाई प्रस्तुत गरिएको अड्कल काट्न सकिन्छ ।
अनुपसँगै वर्षा शिवाकोटी, माला लिम्बु, कविता आले, शिव मुखिया, दिवज राई लगायतका कलाकारले अभिनय गरेको यो फिल्ममा भीषण राईको लेखन तथा निर्देशन रहेको छ ।
चलचित्र आउँदो मंसिरबाट नेपालभर प्रदर्शन हुँदैछ ।
तपाईंको प्रतिक्रिया