काठमाडौं, १ वैशाख – चलचित्र ‘डमरुको डन्डिबियो’ को टिम यतिबेला मोफसलको पत्रकार सम्मेलनमा व्यस्त छ । पोखरा, बुटवल लगायतका शहरपछि निर्माण टिम हेटौंडा पुगेको छ ।
हेटौंडामा गरिएको पत्रकार सम्मेलनमा अभिनेता खगेन्द्र लामिछाने, निर्माता विनोद गुरुङ, लक्ष्मी बर्देवा लगायतको टोली उपस्थित थियो । चलचित्रको बारेमा जानकारी गराउँदै चलचित्र डन्डिबियो मात्र नभएर धेरै कुराले रमाइलो बनेको बतायो । पत्रकार सम्मेलनमा अभिनेता तथा लेखक खगेन्द्रले सरकारले राष्ट्रिय खेलबाट हटाएको डन्डिबियो खेल पछिल्लो लोप हुने अवस्थामा रहेको र सोही खेलका बारेमा पछिल्लो पुस्ताले बुझुन् भन्ने उद्देश्यले फिल्म निर्माण गरेको बताए ।
साथै उनले फिल्म मौलिक भएको र दर्शक फिल्म हेरेपछि निराश हुनु नपर्ने समेत बताए । चलचित्रका निर्माता विनोद गुरुङले पनि फिल्मले दर्शकको मन जित्ने विश्वास व्यक्त गरे ।
चलचित्रलाई छेतेन गुरुङले निर्देशन गरेका हुन् । फिल्मको कथा खगेन्द्रले नै लेखेका हुन् ।
चलचित्रमा खगेन्द्र लामिछाने, बुद्धि तामाङ, मेनुका प्रधान, अनुप बराल, अकिंत खड्का, आशान्त शर्मा, लक्ष्मी बर्देवा लगायतका कलाकारले अभिनय गरेका छन् ।
चलचित्र बैशाख २१ देखि प्रदर्शनमा आउँदैछ ।
तपाईंको प्रतिक्रिया