‘मालिका’ फरक फिल्म होः रेखा थापा (भिडियो) − Kalakarita
‘मालिका’ फरक फिल्म होः रेखा थापा (भिडियो)

बुधबार, साउन २, २०७५, १० : ०६कलाकारिता

काठमाडौं, २ साउन – अभिनेत्री रेखा थापाले आफूले निर्देशन तथा अभिनय गरेको फिल्म ‘मालिका’ फरक भएको बताएकी छिन् । आइतवार काठमाडौंमा आयोजित फिल्मको गीत सार्वजनिकीकरण कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।

आफूले पहिलेदेखि नै फिल्ममा महिला सशक्तीकरणका मुद्दा उठाउँदै आएको र त्यही सिलसिलालाई निरन्तरता दिएको उनले बताइन् ।

‘मलाई अभिनयमा आउँदादेखि नै जे चश्मा लगाइयो, त्यही सिकें, मिडियामा आएका समाचार र गसिपले पनि मलाई धेरै कुरा सिकाए’, उनले भनिन्, ‘समाजका हरेक क्षेत्रमा महिलाले केही गर्न सक्नुपर्छ, यो फिल्मले मनोरञ्जनका माध्यमबाट समाजलाई चेतना पनि पुगोस् भनेर यो फिल्म निर्माण गरेका छौं ।’

रिलिज गरिएको गीतमा जाजरकोट दरबारलाई पृष्ठभूमि बनाइएको छ । पछिल्लो समय फिल्म छायांकनका लागि विदेश कुद्ने प्रवृत्ति बढिरहेका बेला रेखाले भने जाजरकोट दरबार पुगेर फिल्मको गीतको छायांकन गरेकी हुन् । साथै उनले यो फिल्म आफ्ना पहिलेका फिल्मजस्तो नभएर फरक फिल्म भएको पनि बताइन् ।

गीतमा चर्चित गायिका अञ्जु पन्तले स्वर दिएकी छिन् भने नर कार्कीले गीतका शब्द लेखेका हुन् । त्यस्तै सुरेश अधिकारीले संगीत दिएका छन् ।

रामजी लामिछानेले छायांकन गरेको फिल्मी गीतको भिडियोमा रेखा थापा नाचेकी छिन् ।

शिवम् अधिकारीको स्क्रिप्ट रहेको फिल्मको कथा र कन्सेप्ट नर कार्कीको हो । फिल्मलाई सरस्वती थापा र नर कार्कीले निर्माण गरेका हुन् भने रेखा आफैले निर्देशन गरेकी हुन् ।

फिल्ममा कमला ओलीलाई मुख्य कलाकारका रुपमा अभिनय गराइएको छ ।

फिल्मको गीतः


तपाईंको प्रतिक्रिया