मुम्बई – फिल्म अभिनेताका डाई हार्ट फ्यान कतिसम्म हुन्छन् भन्ने त सबैलाई थाहै छ । अहिले सलमान खानसँग पनि एउटा यस्तै घटना जोडिएर आएको छ ।
भारतको भोपालकी एक १५ वर्षीय युवतीले सलमान खानलाई भेट्नका लागि आफ्नो घर छोडेर मुम्बई आइन् । ती युवती सलमानसँग भेट हुने उद्देश्यले घरबाट हिँडेकी थिइन् । त्यतिमात्र होइन, ती युवती सलमान खानको घरसम्म पुगिन् र सलमानलाई भेट्न घरको पर्खाल पनि चढिन् ।
लगत्तै उनलाई सेक्योरिटी गार्डले देखे । र समाएर तल झारे । लगत्तै ती युवतीलाई गार्डले प्रहरीको जिम्मा लगाइदिए । र, घर पठाइदिए ।
अर्को कुरा भोपालको घरमा रहने युवतीका बुबाले अपहरणको मुद्दा दायर गरेका थिए । युवती आइतवार घरबाट हिँडेकी थिइन् । दुई दिन लगाएर मुम्बई पुगेकी थिइन् ।
जब गार्डले समाए, त्यतिबेला उनले आफू सलमान खानको ठूलो फ्यान भएको बताइन् । अहिले उनलाई परिवारको जिम्मा लगाउने तयारी भइरहेको छ । भने यतिबेला सलमान खान भने फिल्म रेस ३ को शूटिङमा व्यस्त छन् ।
तपाईंको प्रतिक्रिया