काठमाडौं, १५ असार – आकाश श्रेष्ठ र आँचल शर्मा अभिनित फिल्म ‘ब्ल्याक’ को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौंमा एक औपचारिक कार्यक्रम गरेरै फिल्मको ट्रेलर सार्वजनिक गरियो ।
तर, ट्रेलर सार्वजनिक भएको केही छिनमै ट्रेलरको एक संवाद चोरी भएको आरोप लागेको छ । युवापुस्तामाझ लोकप्रिय सुविन भट्टराईको उपन्यास ‘मनसुन’ को संवाद जस्ताको तस्तै चोरिएको आरोप फिल्म टिमलाई लागेको छ । सुविन भने यसबारेमा केही बोलेका छैनन् । किनकि, उनको अर्को उपन्यास ‘समर लभ’ को एक संवादलाई आर्यन सिग्देलको ‘कायरा’ मा चोरी भएको थियो, यसमा उनले सामाजिक सञ्जालमा चोरी भएको लेखेका थिए ।
‘ब्ल्याक’ लाई मौनता श्रेष्ठले लेखेका हुन् भने प्रदीप श्रेष्ठले निर्देशन गरेका हुन् । यो फिल्ममा आँचल र आकाशका अलावा सुन्दर श्रेष्ठ, आयुष रिजाल, सुशील क्षेत्री, धिरेन शाक्य, प्रिया रिजाल लगायतका कलाकारले पनि अभिनय गरेका छन् ।
आश्मा पाण्डेले निर्माण गरेको ‘ब्ल्याक’ भदौ १ गतेबाट रिलिज हुँदैछ ।
तपाईंको प्रतिक्रिया