आलियाले पाइन् भन्सालीको फिल्म, को हुनेछन् उनका जोडी? − Kalakarita
आलियाले पाइन् भन्सालीको फिल्म, को हुनेछन् उनका जोडी?

बिहीबार, वैशाख ६, २०७५, १० : ०६कलाकारिता

मुम्बई – पछिल्लो केही दिनदेखि अमृता प्रीतमको जीवनीमा बन्ने फिल्मको खबर बलिउडमा छ । फिल्मलाई सञ्जय लीला भन्सालीले निर्देशन गर्दैछन् । यो फिल्ममा आलियाले अमृताको भूमिका निभाउने चर्चा यतिबेला बलिउडमा छाएको छ ।

भारतीय मिडियाले लेखेअनुसार भन्सालीको फिल्ममा अमृताको रोलका लागि आलियाले खेल्ने मन बनाएकी छिन् । साथै यो फिल्ममा साहिर लुधियानवीको रोलमा अभिषेक बच्चन खेल्ने भएका छन् । फिल्म एक भारतीय जासुस महिलाको कथामा आधारित छ, जो महिलाले पाकिस्तानीसँग भागेर बिहे गरेकी हुन्छिन् ।

फिल्मको कहानी अमृता प्रीतम र साहिर लुधियानवीको प्रेम कहानीमा आधारित छ । आलियालाई फिल्ममा लिने बारेमा सञ्जय लीला भन्सालीले उनी पहिलेभन्दा परिपक्व भएकाले फिल्ममा लिन लागेको बताए । साथै उनले आलिया सानो उमेरमा नै कन्फिडेन्ट भएको देखेर करिअर शानदार देखेको समेत बताएका छन् ।

यसका अलावा आलिया आफ्नो आउँदो फिल्म राजी को प्रचारमा पनि व्यस्त छिन् । उक्त फिल्मलाई लिएर पनि आलियाको यी दिनमा खुबै चर्चा चलेको छ ।


तपाईंको प्रतिक्रिया