![](http://kalakarita.com/wp-content/uploads/2021/12/kalakarita-new-logo-FINAL-150x150.png)
![](https://kalakarita.com/wp-content/uploads/2018/04/verne_troyer_1024_1524397222_618x347.jpeg)
अमेरिका – अमेरिकी अभिनेता वर्न ट्रायरको ४९ वर्षको उमेरमा निधन भएको छ । वर्न ‘आस्टिन पावर्स’ सिरिजमा मिनी–मी को भूमिका निभाएर चर्चित भएका थिए । खबरका अनुसार उनलाई यसै महिनाको शुरुवाततिर अस्पताल भर्ना गरिएको थियो ।
सीएनएनले बताएअनुुुसार, उनको सामाजिक सञ्जाल एकाउन्टमा शुक्रवार एक बयान प्रस्तुत गरेका थिए । उक्त बयानमा भनिएको छ, ‘वर्न अरुको एकदमै ख्याल गर्ने गर्दथे, उनी अरुको अनुहारमा मुस्कान ल्याउन, सबैलाई खुशी राख्न र हसाउन चाहन्थे, अरुलाई सक्दो सहयोग गर्थे ।’
ट्रायरले ५८ फिल्म र टिभी शोमा काम गरे । जुनमा उनको टिभी सिरिज ‘आस्टिन पावर्स’ को भूमिका बढी लोकप्रिय भएको थियो । उनको अभिनयको पनि हलिउडमा तारिफ हुने गथ्र्यो ।
तपाईंको प्रतिक्रिया