अभिनयको ‘रियालिटी शो’ हुने, विजेताले पाउनेछन् २० लाख नगद − Kalakarita
अभिनयको ‘रियालिटी शो’ हुने, विजेताले पाउनेछन् २० लाख नगद

बुधबार, फागुन ३०, २०७४, ११ : ०७कलाकारिता

काठमाडौं, ३० फागुन – प्रतिभाशाली कलाकार छनोट गर्ने उद्देश्यसहित नेपाल मेगा इन्टरटेनमेन्टले ‘नेपाल मेगा सिनेस्टार’ नामक रियालिटी शो हुने भएको छ । उक्त रियालिटी शोमा सोभित बस्नेत, माल्भिका सुब्बा र निश्चल बस्नेत निर्णायकको भूमिकामा रहने भएका छन् ।

नेपालमा धेरै प्रतिभावान् कलाकार भएर पनि मञ्च नपाएकाले लुकेर रहेका प्रतिभालाई मञ्च उपलब्ध गराउने उद्देश्यले रियालिटी शो गर्न लागेको आयोजकले बतायो । शोका निर्देशक प्रवेश सम्राट बरालले नेपालका ठूला शहर काठमाडौं, पोखरा, बुटवल, नेपालगञ्ज, वीरगञ्ज र इटहरीमा कार्यक्रम गरेर प्रतिस्पर्धीलाई सहभागी गराउने बताए ।

चैत्र २८ गते अडिसन शुरु हुने आयोजकले जनाएको छ । असारको पहिलो साताबाट मात्र ‘शो’ टेलिभिजनबाट प्रसारण हुने बताइएको छ ।

विजेता हुने एकजनाले नगद पुरस्कारका साथै चलचित्रमा अभिनय गर्ने मौका पाउनेछन् । विजेताले २० लाख नगदसहित एउटा कार र चलचित्रमा अनुबन्धित गरिने आयोजकले बताएको छ ।


तपाईंको प्रतिक्रिया