सुरीको गीतमा वेनिशाको प्रेम − Kalakarita
सुरीको गीतमा वेनिशाको प्रेम

शुक्रबार, फागुन ११, २०७४, ०९ : ०७कलाकारिता

काठमाडौं, ११ फागुन – सुरी राई तथा पियुष कुँवरको आवाजमा सजिएको ‘लालगेडी’ को भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा पियुषसँगै वेनिशा हमाललाई पनि फिचरिङमा देख्न सकिन्छ ।

गीतमार्फत एकअर्काको प्रेमलाई देखाइएको छ । सुरी एल्बममा संग्रहित गीतमा शब्द सानो दिल र संगीत भानुभक्त ढकालको छ ।
यस गीतलाई राजिभ समरले कोरियोग्राफी गरेका छन् भने यसलाई बुद्ध थापा एण्ड टिमले छायांकन गरेका हुन् ।

गीतलाई विकाश धमलालले सम्पादन गरेका छन् भने निकेश खड्काले निर्देशन गरेका छन् । लालगेडीसँगै यसमा सुरी , को हो त्यो , तिम्रो आगमनले र मनभरि वेदना बोलका गीत समावेश छन् ।


तपाईंको प्रतिक्रिया