तरकारीवाली देखिइन् ‘लम्फू’ को भिडियोमा − Kalakarita
तरकारीवाली देखिइन् ‘लम्फू’ को भिडियोमा

सोमबार, फागुन १४, २०७४, ०८ : ०७कलाकारिता

काठमाडौं, १४ फागुन – चलचित्र ‘लम्फू’ को पहिलो गीत ‘सँगै जिउने सँगै मर्ने’को भिडियो सार्वजनिक गरिएको छ । आउँदो बैशाख २८ मा रिलिज हुने चलचित्रको गीतमा मरिष्का पोखरेल, कविर खड्का, कुसुम श्रेष्ठ लगायतका कलाकार भिडियोमा छन् । गीतको अडियो पहिले नै रिलिज भएको थियो ।

प्रेमिल गीतमा मायाका कुरा छन् । भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका छन् भने अर्जुन पोखरेलको संगीत छ । सुरेश लामा र अप्सरा घिमिरेले स्वर दिएका छन् ।

गोपालचन्द्र लामिछानेको निर्देशनमा तयार भएको चलचिचत्रमा सलोन बस्नेत, आयन खड्का‌, ओम गुरुङ‌, सन्तोष कार्की, कुशल गुरुङ‌ काजोल‌ जानुका पौडेल लगायतले अभिनय गरेका छन् ।

चलचित्रमा दीपक बज्राचार्यको छायांकन, हरि सिलवालको सम्पादन, जसमा भूपतिको लेखन रहेको छ भने चलचित्र जीवनमा आउने विविध समस्याको कथामा केन्द्रित छ ।

हामीलाई प्राप्त यो समाचार कलाकारिता टिमबाट सम्पादन गरिएको छैन ।

तपाईंको प्रतिक्रिया