‘र्‍याड स्टुडियो’ को गीतमा अलिशा र निराजनको मस्ती (भिडियो) − Kalakarita
‘र्‍याड स्टुडियो’ को गीतमा अलिशा र निराजनको मस्ती (भिडियो)

सोमबार, चैत्र १९, २०७४, ११ : ०७कलाकारिता

काठमाडौं, १९ चैत – अष्ट्रेलियामा रहेका चार जना नेपाली संगीतकर्मीहरूको ब्याण्ड ‘र्‍याड स्टुडियो’ एउटा रमाइलो गीतको म्युजिक भिडियो सार्वजनिक गरेको छ । ‘भन सानु’ शीर्षकको यो भिडियोको छायाङ्कन नेपालमा गरिएको छ ।

प्रविण श्रेष्ठले निर्देशन गरेको गीतको भिडियोमा अलिशा राई र निराजन प्रधानले कम्मर मर्काएका छन् । ठमेल बजारबाट चर्चित अलिशा फेरि पनि ठमेल बजार लेख्ने सविन एकतारेको शब्दमा अभिनय गरेकी छिन् ।

सन् २०१४ मा सिड्नीमा बसोबास गरिरहेका नेपाली युवा संगीतकर्मीहरुले स्थापना गरेको र्‍याड स्टुडियो राजेश घिमिरे (भोकल तथा बास गिटार), अनुज श्रेष्ठ (ड्रम तथा पार्कुसन), धर्मेन्द्र माली (गिटार) तथा सरोज परियार (किबोर्ड तथा भोकल) को ब्याण्ड हो । र्‍याड स्टुडियो एउटा प्रोडक्सन हाउस हो ।

व्याण्डका संगीतकर्मीहरुले आफू विदेशमा रहे पनि नेपाली मौलिक सँस्कृतिलाई संगीतको माध्यमबाट प्रस्तुत गर्ने जमर्को गरेको बताए ।

गायक राजेश घिमिरेले ब्याण्डको शीर्षक चार जना संगीतकर्मीहरुको नामको पहिलो अक्षरबाट जुराएको बताए ।

यस्तो छ गीतको भिडियोः


तपाईंको प्रतिक्रिया