छक्का पञ्जा ३ मा ११ जनाको नाच − Kalakarita
छक्का पञ्जा ३ मा ११ जनाको नाच

सोमबार, असार ३२, २०७५, ०१ : ०७कलाकारिता

काठमाडौं, ३२ असार – बर्षातका बाबजुद फिल्म छक्का पञ्जा ३ को गीतको छायाँकन सकिएको छ । एक दर्जन कलाकार नाचेको गीतको छायाँकन एक साता लगाएर शनिबार सकिएको निर्देशक दिपाश्री निरौलाले बताइन् ।

यसपालि पानीले दुःख दियो, दीपाश्रीले भनिन्, जसो तसो गरी सुटिङ सक्यौं । अब एडिटिङगको काम हुँदैछ । दीपाका अनुसार पहिलो नम्बरमा बोलको गीत गोकर्ण र नर्लिन रिसोर्टमा खिचिएको छ ।

कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा दिपकराज गिरी, दीपिका प्रसाईं, दिपाश्री निरौला, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, बर्षा राउत बुछि तामांग, स्वस्तिमा खड्का, सुमन गिरी भान्जा र संजोग कोइराला नाचेका छन् ।

दीपक शर्माको संगीत रहेको गीतमा राजेन्द्र थापाले शब्द लेखेका हुन् भने स्वर डेभिड शंकर र विन्दु परियारको छ । गीतमा पुरुषोत्तम प्रधान र मानकृष्ण श्रेष्ठ दुवैले खिचेका छन् । छक्का पञ्जा ३ दशैंमा र पहिलो नम्वरमा गीत यही साउनको दोश्रो सातामा सार्वजनिक हुँदैछ ।

सुर्के थैली र पुर्व पश्चिम रेल जस्ता सुपरहिट गीत दिएको समुहले छक्का पञ्जा ३ मा कस्तो गीत रोजेको होला त ?


तपाईंको प्रतिक्रिया